आजदेखि १३ हजार पत्रकारलाई कोरोनाविरूद्ध खोप लगाइँदै


काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोना भाइसरविरुद्धको विरुद्धको कोभिशिल्ड खोप अग्रपङ्तीमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजदेखि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका अनुसार आजदेखि पाँच दिनसम्म अग्रपङ्तीमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने छ ।

खोप लगाउने पत्रकारको विवरण स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न समेत आग्रह गरेको छ । खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च