न्यूनतम पारिश्रमिक कार्यान्वयनमा जोड

पाल्पा, पुस २५

सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक तोकिय अनुसार कार्यान्वयनमा जोड दिन तानसेनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । न्युनतम पारिश्रमिक निर्धारण समिति काठमाडौको आयोजना र नेपाल पत्रकार महासंघ पाल्पाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले सबैको समाचार बनाउदै हिडने पत्रकारहरुको नै, पारिश्रमिक उचित नहुनु दुखद हो, खड्काले भन्नुभयो,श्रमजीवि पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनका लागि वर्तमान समितिले श्रमजीवि तथा संचालकहरु सवालमा आवाज उठाउदै आएको उहाको भनाई थियो ।
अध्यक्ष खड्काले पत्रकारले श्रमजीवी पत्रकार ऐनले तोके अनुसारको सेबा सुबिधा पाउनु पर्ने बताउनुभयो । उहाले श्रमजीवी पत्रकार ऐनको मुद्दा २०३० सालको सेरोफेरोमा उठेको बताउनुभयो ।

पत्रकार महासघ पाल्पाका पुर्ब सभापति झपेन्द्र गहिरेले पत्रकारको पारिश्रमिक सम्बन्धी समस्या देशैभरी रहेको भन्दै त्यसको समाधान गर्न न्युनतम पारिश्रमिक निर्धारण समितिले पहल गर्नुपर्ने बताउनुभयो । उहाले बिगतमा मिसन पत्रकारीता हुने र हाल व्यावसायिक पत्रकारीता हुने गरेको बताउनुभयो । उहाँले जिल्ला २००६ साल देखि पत्रकारीताको सुरुवात भएको र पाल्पाले पत्रकारीतामा इतिहास बोकेको धारणा राख्नुभयो ।
प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब अर्यालले प्रेस युनियनले न्युनतम पारिश्रमिक निर्धारण समितिलाई सुझाव दिएको बताउनुभयो । उहाँले मिडिया हाउसको क्षेत्र र क्षमता अनुसार मापदण्ड बनाउनु पर्ने धारणा राख्नुभयो ।
श्रीनगर एफ.एम का स्टेशन म्यानेजर देव पचभैयाले पत्रकारहरुको आर्थिक अवस्था दयनीय भएको बताउनुभयो । ‘पत्रकारको आर्थिक अवस्था दयनीय छ’ पचभैयाले भन्नुभयो, ‘पत्रकारलाई न्यूनतम पारिश्रमिक दिने अवस्था छैन ।’ सञ्चारमाध्यमलाई पनी आम्दानीको हिसाबले सबल बनाउन सरकार लाग्नुपर्ने पचभैयाको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखिराम रानाले कोभिड प्रभावित पत्रकार, कर्मचारी÷कामदारलाई विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न समितिले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।यस्तै कमलराज तिमिल्सिना, जगदीश भट्टराई, प्रकाश नेपाल, किरण कौशल, राजेन्द्र लिगल लगायतले समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सके अधिकांश समस्या समाधान हुने बताउनुभयो । संचारमाध्यम्लाई बलियो बनाउन समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्नुपर्ने र त्यसबाट मात्रै पत्रकारहरूको पारिश्रमिक सरकारले तोके अनुसारको दिन सकिने पत्रकारहरूको सुझाव थियो ।

कार्यक्रम पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाको अध्यक्षता उपाध्यक्ष भरत शर्माको स्वागत र सचिब यज्ञमुर्ति तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च