रुरुक्षेत्र गाउँ पालिका गुल्मीले सम्पन्न गर्याे गाउँसभा

गुल्मी ।गुल्मीको रुरुक्षेत्र गाउँसभा बुधबार गाउँपालिकाकाे सम्पन्न भएकाे छ ।नगर प्रहरी सम्बन्धि ऐन, साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐनसँगै संसाेधित बजेट विनियोजन पारित गर्दै गाउँसभा सम्पन्न भएकाे हो गाउँसभाकाे अध्यक्षता गरेका रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गाउँसभाकाे शुरुवात गर्दै उपाध्यक्ष मिना गौतमलाई बिनियाेजित बजेट प्रस्तुत गर्न र गाउँ कार्यपालिका सदस्य दुर्गा घायल बिकलाई नगरप्रहरी सम्बन्धि ऐन-२०७९ र रुरुक्षेत्र गाउँपालिका साझेदारी सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन-२०७९ लाई प्रस्तुत गर्ने अनुमति दिएका थिए ।

यी विषय वस्तुहरु माथि गाउँ पालिकाका सभासदहरु बीच छलफलपछि ध्वनीमतले पारित गरिएकाे थियाे । गाउँ पालिकाकाे नीति कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउने, गाउँ पालिकाकाे सम्पति सुरक्षा र संरक्षण गर्ने, लगायतका ३६ बुँदामा समेटिएका काम, कर्तव्य र अधिकार रहने गरि नगर प्रहरी सम्बन्धि ऐन २०७९ पारित गरिएकाे छ । यसैगरी नीजि तथा गैर सरकारी क्षेत्रसँगकाे साझेदारीमा शिक्षा, स्वास्थ, कृषि पशुविकास राेजगारी आय-आर्जनकाे अवसर, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा साझेदारीकाे माध्यमबाट सर्वसाधारणलाई सर्व-शुलभ रुपमा सेवा उपलब्ध गराउन रुरुक्षेत्र गाउँपालिकाले ऐन बनाएकाे उल्लेख छ ।

गाउँसभामा रुरुक्षेत्र गाउँ पालिकाका वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे । गाउँ सभामा कार्यपालिका सदस्य समेत रहेका वडा न ३ का वडाध्यक्ष शेषनारायण पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च