पाल्पा, २७ पुस । पुस २२ गते सालझण्डीबाट खुर्साने तर्फ आउँदै गरेको बस पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ सत्यवतिमा दुर्घटना हुँदा घाइते भएका १८ जना मध्ये १२ जनालाई बुटवलमा उपचारको क्रममा एड्मन्ड सिटि हस्पिटलमा रहेका घाइतेहरुलाई हस्पिटलमा नै पुगेर नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा भेटघाट गरेका छन् । सभापति सहित जिल्ला सचिव सुनिता अधिकारी, प्रवक्ता शोभाखर न्यौपाने लगाएतले भेट्दै घाइतेको शिघ्र स्वास्थ लाभको कामना गर्दै घाइतेको अवस्था बुझदै उपचारको क्रममा भएका असहजताको सहजीकरणको लागि ध्यानाकर्षण गराएको छ ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पाल्पाको टिमले श्रीनगर बस व्यवासायी संघलाई घाइतेको उपचारमा कुनै कमि हुन नदिन निर्देशन दिँदै उपचारमा रहेका चिकित्सकहरु सँग परामर्श गरि उपचारमा कठिनाइ भएमा रिफर गरि अन्य हस्पिटलमा पठाउन सुझाव दिएका छन् ।
दुर्घटनामा परेको ग १ ख ४९७७ नम्बरको बस रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै थियो । दुर्घटनामा परि सवारी चालक पनि घाइते भएका छन् । चालकका अनुसार ब्रेक फेल हुँदा बस दुर्घटना भएको हो । उक्त बस दुर्घटनामा एकै गाउँका ६ जनाको दुःखद निधन प्रती काङ्ग्रेस पाल्पाले शोकाकुल घरपरिवारजनमा समवेदना समेत प्रकट गरेको छ।