राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा,पाल्पामा पनि मनाइयो ३०१ औं पृथ्वी जयन्ती

पाल्पा, राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा तानसेनको शित्तलपाटीमा पाल्पा लगायत देशभर ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बुधबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।

कार्यक्रममा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शालिकमा माल्यार्पणसँगै पुष्पगुच्छा अर्पण गरिएको थियो ।कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुुलबहादुर कुंवरले पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिसँग मात्र जोडेर हेर्न नहुने बताए । कुंवरले राष्ट्र निर्माणमा शाहको योगदान राजनीतिक व्यवस्था भन्दा धेरै माथि रहेको धारणा व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव सुमन गैरेले पृथ्वीजयन्तीका दिन सरकारले दिएको विदा बर्गेनिङमा भएको बताए । उनले देशलाई एकताको शुत्रमा बाध्ने काम गरेका शाहको सबै राजनीतिक दलहरुले सम्मान गर्नु पर्नेमा त्यसो हुुन नसकेको धारण व्यक्त गरे । धर्मचन्द्र नेपालले पृथ्वी नारायण शाहको दिप्यदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको धारण व्यक्त गरे । कार्यक्रममा भिमलाल भट्टराई, राप्रपाकी जिल्ला उपाध्यक्ष माया कुमारी बज्राचार्य, सदस्य सुुदिप रेग्मी लगायतले शाहको योगदान कसैले पनि भुल्न नहुुने बताएका थिए । सोही अवसरमा तेज नारायण ढकालले पृथ्वीनारायण शाहको योगदान र उपदेश समेटिएको कविता वाचन गरेका थिए ।

दिवसको अवसरमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभूूवन बहुुमुुखी क्याम्पसका उपप्राध्यापक महेन्द्र पन्थीले राष्ट्रिय एकताका शुुत्रधार पृथ्वीनारायण शाहप्रति उच्च सम्मान हुुन नसकेको बताए । उनले गृह मन्त्रालयले निकालेको सार्वजनिक सूूचनामा पृथ्वी जयन्ती मात्र उल्लेख गरिएको छ तर राष्ट्रिय एकता दिवसको नाम नै उल्लेख नगरिएको प्रति आपत्ति जनाए । पन्थीले बुुधबार सरकारले दिएको विदा स्वार्थमा भएको हुन सक्ने बताए । उनले भने ‘सरकारले कतै कुनै स्वार्थको लागि मात्र विदा दिएको त हैन ? यति साच्चिकै सार्वजनिक विदा दिएको हो भने देशभर पृथ्वी जयन्तीलाई हर्सोउल्लासका साथ मनाउनुुपथ्यो ।’ पृथ्वीनारायण शाहप्रति दुष्प्रचार गर्ने गरिएको उनले बताए । नेपाललाई एकीकरण गर्न योगदान दिएका उनको राजनीतिक दलबाटै उपहास हुनुु दुःखद् रहेको पन्थीले धारण व्यक्त गरे । उनले भने ‘राष्ट्रिय एकीकरण गर्ने प्रति सम्मान गर्न किन कञ्जुस्याई ? राजनीतिक दलहरूबाटै अपमान भइरहेको छ ।’ पृथ्वीनारायण शाहकै कारण आजका दलहरूको उदय भएको पन्थीले बताए । नेपाली नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न उनले सरकारलाई आग्रह गरे । उपप्राध्यापक पन्थीले इतिहासलाई सहि प्रचार गर्नु पर्नेमा जोड दिए । उनले भने ‘नेपाली भएर अग्रजको अपमान गर्नु किञ्चित राम्रो होइन । पृथ्वीनारायण शाहको मर्म सबैले अंगीकार गर्नु पर्छ, उनको सम्मान वर्षमा एक दिन कार्यक्रम गरेर हुँदैन ।’ शाह नेपाल र नेपालीका लागि गर्व गर्न लायक पात्र भएको भन्दै राज्यमा बस्नेले समेत सकुंचित विचार त्याग्नु पर्ने बताए ।पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा पनि दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च