जानका न्यौपाने,
तानसेन,पाल्पाको रिब्दीकोट गाउँपालिकाले गाउँसभा तथा १२ औ अधिवेशन सम्पन्न गरेको छ । आर्थिक ऐन, शिक्षा ऐन,खानेपानी सरसफाई तथा स्वच्छता ऐन,कृषि तथा सहकारी ऐन,साझेदारी कार्यक्रम,न्यायिक सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि संसोधित ऐनसँगै संसोधित बजेट विनियोजन पारित गर्दै गाउँसभा सम्पन्न भएको हो ।
गाउँसभाको अध्यक्षता गरेका रिब्दीकोट गाउँपालिकाका अध्यक्षय नारायण बहादुर कार्कीले गाउँसभाको शुरुवात गर्दै उपाध्यक्ष कान्ता अधिकारीलाई न्यायिक समिति प्रतिवेदन र राजस्व परामर्श प्रतिवेदन प्रस्तुत गर्न,लेखा समिति सदस्य चिरञ्जीवि प्रोखेललाई लेखा समिति प्रतिवेदन, गाउँ कार्यपालिका सदस्य सुनिल बस्याललाई शिक्षा तथा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि ऐन(२०७९ र विधेयक समिति सस्दय सरस्वती प्रसाद श्रेष्ठलाई रिब्दीकोट गाउँपालिका साझेदारी सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन(२०७९ लाई प्रस्तुत गर्ने अनुमति दिनुभएको थियो । यी विषय वस्तुहरु माथि गाउँ पालिकाका सभासदहरु बिच छलफलपछि सर्वसहमतले पारित गरीएको थियो ।
यसैगरी नीजि तथा गैर सरकारी क्षेत्रसँगको साझेदारीमा शिक्षा, स्वास्थ, कृषि पशुविकास रोजगारी आय आर्जनको अवसर, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा साझेदारीको माध्यमबाट सर्वसाधारणलाई सर्व-शुलभ रुपमा सेवा उपलब्ध गराउन गाउँपालिकाले संसोधित ऐन पारित गरेको छ ।
यस्तैगरी गाउँपालिकाको गाउँसभा तथा १२ औ अधिवेशनबाट गाउँपालिकामा उत्कृष्टकाम गरेवापत उत्कृष्ट कार्य सम्पादनको आधारमा कम्प्युटर अपे्रटर कमल श्रीसलाई दश हजार नगद,दोसल्ला तथा प्रमाण पत्र सहित सम्मान गरेको छ ।
गाउँसभामा रिब्दीकोट गाउँ पालिकाका वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, कर्मचारी तथा प्रत्रकारहरुको उपस्थिति रहेको थियो । गाउँसभा पुस २१ गतेदेखि सुरु भई आज सम्पन्न भएको हो ।