दिपक भट्टराई,
तिनाउ गाउँपालिका वडा नम्वर ६ मा रहेको डुम्रे दुग्ध कृषि सहकारी सस्था लिमिटेडको नव निर्मित भवनको उद्घाटन गरिएको छ। भवनको लुम्बिनी प्रदेश सभा सदस्य तुलाराम घर्ति मगर बसन्तले एक कार्यक्रम विच उद्घाटन गर्नुभएको हो ।
कृषकले उत्पादन गरेको दुध तथा कृषि उपजलाई सहज रुपमा बजारसम्म पु¥याउने उद्देश्य स्वरुप लुम्बिनी प्रदेश सरकारको ५५ लाख सहयोग प्राप्त भई बाकी कृषि सहकारी सस्था आफैले बेहोर्ने गरी कुल ९०,४९,४१७ अक्षरुपि नब्बे लाख उन्पचास हजार चार सय सत्र रुपैयामा निर्माण गरिएको डुम्रे दुग्ध कृषि सहकारी संस्थाको भवन उद्घाटन गर्दै प्रदेश सांसद घर्तिले कृषि सहकारीको माध्यमबाट गाउँको समृद्धि र बिकासमा टेवा पुग्ने बताउनुभयो ।
प्रदेश सांसद घर्तीले सरकारले दिएको अनुदानलाई छोटो समयमै उपयोग गरी कृषि सहकारीको भवन बनाउन सफल भएकोमा समितिलाई धन्यवाद दिनुभयो,उहाँले दुधको बजार र मुल्यमा आएको समस्यालाई प्रदेश सरकारले नीति बनाएर समाधान गर्ने बताउनुभयो । डुम्रे दुग्ध कृषि सहकारी सस्था नमुना सहकारीको रुपमा अगाडी बढेको हुनाले कहीँकतै सहकारी सफलताको उदाहरण दिनुपरेमा मैले डुम्रे सहकारीको नाम लिने गरेको छु ।” सांसद घर्तीले को भनाई थियो ।
सांसद घर्तीले किसानमैत्री कानुन कार्यान्वयनका लागी सरल र सहज कार्यविधि बनाउनुपर्ने बताउदै उहाँले सहकारीले राम्रो काम गरे सरकारी निकायले उचित सम्बोधन गर्ने समेत बताउनु भयो ।
भवन उद्घाटन कार्यक्रमका अवसरमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले कृषि क्षेत्रको विकास र विस्तारमा डुम्रे दुग्ध कृषि सहकारीको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । पालिकाले समेत त्यसमा सक्रिय पूर्वक कार्यक्रम अगाडि बढाएको बताउदै कृषकहरुका माग र समस्यालाई गाउँपालिकाले पनि सम्बोधन गरिरहेको छ ,सहकारीको विकासका लागी स्थानीय तहले योजना बनाएर काम गरिरहेको बताउनुभयो ।श्रेष्ठले सरकारीले आफ्नै भवन निर्माण गरेर आत्म निर्भर बनेको भन्दै बधाई समेत दिनुभयो ।
सहकारीका अध्यक्ष दुर्गाबहादुर खाँण ठकुरीले २०५१ सालमा स्थापना भई दुध खरीद विक्रीको व्यवसाय सुरु गरेकोे सहकारीमा अहिले एक हजार जना किसान आवद्ध भई दुध उत्पादन गरिरहेको बताउनुभयो । अध्यक्ष खाँणले सहकारी भनेको जनता आफैले अवसर लिनको लागि खोलेको बैङ्क भएको हुँदा जनतालाई समृद्दीको यात्रामा अगाडी बढाउन सहकारीले भुमिका खेलेको बताउनु भयो ।
डुम्रे दुग्ध कृषि सहकारीले गाई तथा भैसी पालक सहकारीमा आवद्ध कृषकहरुलाई दाना,पशु सुत्केरी पोषण खर्च,तथा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने गरेको समेत अध्यक्ष खाडले बताउनु भयो ।
सहकारीका व्यवस्थापक गोपाल जि.सीले सहकारीले पहिले दुध उत्पादन गर्ने कृषकहरु मात्र आवद्ध गरेकोमा अब वंगुरपालन, बाख्रापालन, तरकारी खेती गर्ने किसानहरुलाई पनि आवद्ध गराउन उदेश्य सहकारीको रहेको बताउदै,उत्पादनका आधारमा प्रदेश सरकार तथा गाउँपालिकाको बाट कृषकहरुलाई दुधमा सहकारी मार्फत अनुदान प्रदान गरेको बताउनु भयो ।उहाँले हाल सहकारीमा ३ सय १० जना सेयर सदस्य विभिन्न स्थानहरुमा रहेका दुध विक्री केन्द्र तथा सहकारीमा गरी १५ जना कर्मचारी कार्यरत रहेको बताउनु भयो । विभिन्न सहकारी मार्फत दैनिक २५०० लिटर दुध संकलन भईरहेको जसमध्ये १५०० लिटर पाल्पामै खपत भईरहेको छ भने १००० लिटर पोखराको सुजल डेरिमार्फत विक्रि हुने गरेको व्यवस्थापक जि.सीले बताउनु भएको छ ।
सहकारीमा आवद्ध ३० जना कृषकले फर्म दर्ता गरेरै व्यवसाय गरेका छन् । डुम्रे दुग्ध कृषि सहकारीमा रिब्दीकोट, तानसेन, तिनाउ लगाएतका १० वटा संकलन केन्द्रबाट दुध संकलन हुने गरेको छ ।
भवन उद्घाटन कार्यक्रममा सहकारीका सेयर सदस्य,कृषकहरु,वडा अध्यक्ष,राजनैतिक दल,विधालयका प्र.अ विभिन्न सहकारीका पदाधिकारीहरु,जग्गा दाता,कर्मचारी सामाजिक विकास डिभिजन प्रमुख,पत्रकार तथा शुभचिन्तक र स्थानियहरुको उपस्थिति रहेको कार्यक्रममा जिल्लाकै चर्चित नौमति बाजा तथा नृत्य प्रस्तुत गरीएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष दुर्गा बहादुर खाँण ठकुरीको अध्यक्षता,उपाध्यक्ष शंकर प्रसाद भण्डारीको स्वागत र व्यवस्थापक गोपाल जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।