पाल्पा व्यापार संघको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा बस्याल

पाल्पा – पाल्पा व्यापार संघको पाचौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बामदेव बस्यालको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा बिष्णु बहादुर कार्की, द्धितिय उपाध्यक्षमा पशुपती बस्याल, सचिव बालकृष्ण भण्डारी, कोषाध्यक्षमा कपिल कृष्ण कार्की र सह सचिवमा नारायण बस्याल चयन भएको निर्वाचन मण्डलका सदस्य कमलराज तिमिल्सेनाले जानकारी दिनुभयाे ।

साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घघाटन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नबिनतम सोचले मात्र पाल्पाको व्यापार र पर्यटनको बिकास हुने बताए । पाल्पाको पहिचानको रुपमा रहेका ढाका करुवाको उत्पादनका साथै स्थानिय कृषि उत्पादनलाईलाई बढ्वा दिनसके मात्र ब्यापार प्रवर्धन हुने उहाँको भनाइ थियो ।

कार्यक्रमका लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक पोखरेलले लगानीकर्ताले लगानीको आधारमा प्रतिफल पाउन नसकेको बताए । ब्यापार ब्यवसाय मार्फत राज्यलाई बलियो बनाउने कोसिस आफुहरुले गरेको बताउदै ब्यापारको प्रवर्धनमा राज्यको ध्यान जानू आवस्यक रहेको बताउनुभयाे ।उद्घाटन कार्यक्रममा पाल्पा ब्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले पाल्पाको पुरानो ब्यापारिक केन्द्रको साख जोगाउने काममा निरन्तर लागेको बताए । ब्यापारीहरुको पिर मर्का, एकताका र हकहितका लागि पाल्पा व्यापार संघ निरन्तर लागेको उहाँको भनाइ थियो । उनले पाल्पामा सुरक्षित र सुबिधायुक्त पर्यटनको बिकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्यरुपमा बृद्धि भई जनताको आर्थिकस्तरमा सुधार ल्याउन सकिने बताउनुभयाे ।

संस्थाको प्रतिबेदन प्रस्तुत गर्दै सचिव फर्सुराम पौडेलले संस्थामा ८सय सदस्य रहेको र ११ सय पुर्याउने योजना रहेको , कर शिक्षा संचालन गर्ने ,यातायातको पार्किङ ब्यवस्थापनमा पहल गर्ने बताउनुभयाे ।कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ , रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्की, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे ,नेपाली कांग्रेस पाल्पाका बिधान श्रेष्ठ , नेकपा माओवादी केन्द्रका सचीव मथुरा ढकाल, रा.स्व.पार्टीका उपाध्यक्ष नारायण न्यौपाने राप्रपाका जिल्ला अध्यक्ष डुल बहादुर कुवर अध्यक्ष , रास्ट्रीय जनमोर्चाका नरमती सिङ्जाली,नेकपा समाजवादीका मोहन गैरे ,प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ,रुपन्देही बाणिज्य संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल , उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष सैलेन्द्र भट्टराई , गल्याङ च्याम्वरका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ , समाजसेवी बुद्धि प्रसाद शर्मा लगाएत बोल्दै आर्थिक बिकासका लागि सरकार ,निजि क्षेत्र सहकारी उत्तिकै महत्व रहेको बताउदै ब्यापार प्रवर्धनमा सबैको उत्तिकै चासो र चिन्तन हुनु पर्ने भनाइ थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च