दाङमा मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु

दाङ । दाङमा आाज बिहानै भएको मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु भएको छ । सर्रा सौडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घोराही १६ का २१ वर्षका सुशील चौधरी र सोहि ठाउँका १८ वर्षका विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जनाएका छन् । मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च