लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादीका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् भने उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको छ ।
सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ ।नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । सत्तारुढ दलबाट उपसभामुखमा राप्राकी मेनुका खाण केसीको मनोनयन दर्ता भएको छ ।
यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ । प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् ।