बुटवल । पश्चिम नवलपरासीमा बस र कार ठोक्किंदा कारमा सवार एक युवाको ज्यान गएको छ। उक्त दुर्घटनामा ज्यान जानेमा कपिलबस्तुको बाणगंगाका ३५ वर्षीय ईन्द्रमणि पौडेल रहेका छन्।
भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका १२ भुमही नजिकै भएको दुर्घटनामा परेको कार मृतक पौडेल आफैले चलाएका थिए।मृतक पौडेल अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयले जानकारी दिए ।दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं को बस र विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते पौडेललाई जिल्ला अस्पताल परासी पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको पाण्डेयले बताए। कारमा सवार अन्य यात्री घाइते भएको र उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। बसमा सवार मानिसहरुलाई केही नभएको प्रहरीले बताएको छ।