बुटवल। लुम्बिनी प्रदेशको सभामुख पदमा निर्वाचित भए लगत्तै तुलाराम तुलाराम घर्ति(बसन्त) नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र)बाट बिदा हुनु भएको छ । उहाँ उक्त पार्टीको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
सभामुखमा निर्बिरोध निर्वाचित घर्तीमगरले मंगलबार पार्टीको लुम्बिनी प्रदेश समिति र माओवादी केन्द्र संसदिय दललाई धन्यवाद दिनु हुदै पार्टीको भुमिकाबाट बिदा हुनु भएको हो । ” तपाईहरुको सहयोगले फरक भुमिकामा पुगेको छु सोही अनुसार जिम्मेवारी निभाउने प्रतिबद्धता व्यक्त गर्दछु ।” उहाँले भन्नु भयो- ” मलाई सभामुख पदको उम्मेदवारमा सिफारिस गर्ने पार्टी र संसदिय दलप्रति आभारि छु ।” सभामुख घर्ती मगरलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितीका अध्यक्ष सुदर्शन बराल, संसदिय दलका नेता जोख बहादुर महरा, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने, सचीव कृष्ण अधिकारि कोषअध्यक्ष निर्दोश अलि लगायतका नेताहरुले बधाई तथा शुभकामना दिनुभएको थियो । घर्तीमगर ०७४ को निर्वाचनमा समेत प्रदेश सभा सदस्यमा बिजयी हुनु भएको थियो ।
यस अघि उहाँ माओवादी केन्द्र संसदिय दलको प्रमुख सचेतकको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँ पाल्पाबाट प्रदेस सभा सदस्य पदमा बिजयी हुनुभएको हो । सभामुख घर्तीमगर ईमानदार स्वच्छ छबी भएका नेतामा हुनुनुहुन्छ । सभामुख घर्तीमगरले बुधबार दिउँसो १ बजे प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ ।