कामाण्डौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशको केही भूभागमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी भूभागमा हल्का हिमपात र तराईमा बाक्लो कुहिरो लाग्नेछ । चिसो बढ्नेक्रम केही समय अझ जारी रहने हुनाले सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।
देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव जारी रहेकाले चिसो बढेको विभागले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा पनि आंशिक बदली रहनेछ । आज शुक्रबार दुई वटा प्रदेशका केही भूभागमा हल्का वर्षा भए पनि बाँकी भूभामाग सामान्यतः मौसम सफा रहने छ । पूर्बी तराईको एक दुई स्थानमा बाक्लो हुस्सु लाग्ने विभागले जनाएको छ ।
त्यस्तै, भोलि शुक्रबार पनि सदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहने छ । शुक्रबार पनि ती प्रदेशका केही भूभागमा हल्का वर्षा हुने र उच्च पहाडी भूभागमा हल्का हिमपात पनि हुनेछ ।