काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भिजिबिलिटी कम भएपछि नेपालगञ्जबाट काठमाडौँका लागि उडेको विमान झापाको चन्द्रगढी पुगेको छ ।
श्रीएयर लाइन्सको विमान विहान ७ बजे नेपालगञ्जबाट काठमाडौँका लागि उडेको थियो । त्यसबेला काठमाडौँ विमानस्थलको भिजिबिलिटी १५ सय मात्र थियो । अहिले केही बढेको विमानस्थलले जनाएको छ ।
श्री एयर उक्त विमानलाई भिजिबिटी बढेपछि काठमाडौँ ल्याइने छ । हुस्सुका कारण हवाई यातायात प्रभावित भएको हो ।