घनश्याम पौडेल
अर्घाखाँची, ६ माघ । नेकपा एमालेका सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीले देश अस्थीरताको बाटोमा लागेको बताएका छन् । देशमा नेपाली जनताले एउटै राजनितिक दललाई बहुमत नदिएपछि देश सधै अस्थिरतामा लागेको बताएका छन् । देश खेलकुद जस्तै जित्ने, हार्ने, सरकार बन्ने, गिर्ने टुंगो नभएको बताए ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोकमा आई लभ यु युवा समुहले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै रायमाझीले देशको राज्यव्यवस्थामा परिवर्तन गर्दा सबै राजनितिक दल मिलेपनि देशमा राजनितिक अस्थिरता भएको भन्दै देशमा अस्तव्यस्त हुने सिर्जना आउँने टिप्पणी गरेका छन् । उनले अर्घाखाँची जिल्लाको ढोरपाटन सडक, घुम्ती पाल्पा सडक लगाएतका सडकको पिचँ कार्य अगाडी बढाएको बताए ।
पाचँ दलिय गठबन्धनलाई समेत बहुमत नआउँदा नयाँ सरकार बन्ने र बनेको गिर्ने भन्ने टुंगो नरहेको बताए । बहुमत नहुदाँ ५ वर्षसम्म एउँटै राजनितिक दलले सरकार सञ्चालन गर्न गाहृो भएको बताए । देशमा मंहगी बढेको छ, अर्थतन्त्र विग्रीएको, विकास निमार्णमा अस्थिरतासँगै राष्ट्रियता माथी खतरा रहेको बताए । खेलकुद क्षेत्र राष्ट्रका लागी महत्वपुर्ण भएकोले राज्यले ध्यान दिने बताए ।
पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले खेलकुद क्षेत्रको विकासका लागी गाउँपालिका प्रतिबद्ध भई अगाडी बढ्ने बताए । खेलकुद स्वास्थ्यका लागी सँगै खेलाडी उत्पादन गर्नमा पनी टेवा पुग्ने न्यौपानेले बताए । पाणिनी गाउँपालिकाका पुर्व अध्यक्ष अच्युत गौतमले खेलकुद क्षेत्र अनुशासनमा केन्द्रीत हुने भएकाले राजनितिक खेल पनि अनुशानमा रहनुपर्ने टिप्पणी गरेका छन् । निर्वाचित जनप्रतिनिधी, प्रतिनिधी सभा र प्रदेशसभाका सांसदले संसदमा खेल्ने खेल जनताको पक्षमा हुनुपर्ने बताए ।
कार्यक्रममा पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसाल, वडा नं. २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल, ६ वडाका अध्यक्ष कृष्णप्रसाद पौडेलले मन्तव्य राख्दै खेलकुदमा हुने विकासले पनि गाउँपालिकाको विकासमा टेवा पुग्ने बताए । कार्यक्रमको उद्घाटन सत्र आई लभ यु समुहका अध्यक्ष लोकराज विकको अध्यक्षता, निराजन रसाईलीको स्वागत र विकास भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।
भलिबल खेलका सत्रहरु भोलिबाट सुरु हुदैँछन् । खेलमा १० समुहले टिम दर्ता गराएको र टाढाटाढाबाट आउँन समय लाग्ने भएकाले शनिबार बिहानबाट खेल सुरु गरिने आयोजकले जनाएको छ । भलिबल खेलमा बिजेतालाई क्रमश १ लाख १ हजार १ सय ११, द्धृतियलाई ६० हजार ६ सय ६६, तृतियलाई ४० हजार ४ सय ४४ सहित शिल्ड, ट्रफी, प्रमाणपत्र दिईने आयोजक समितीका सञ्चार संयोजक संगम भट्टराईले बताए । जिल्लामै ऐतिहासिक खेलको सुरुवात पाणिनीको ग्रामिण भेगमा पहिलोपटक सुरुवात भएको हो ।