सन्धिखर्क।
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–९,ढिकुरामा करेन्ट लागेर एक युवाको ज्यान गएको छ ।
ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा सन्धिखर्क–७,डिहिडाँडाका १९ वर्षिय रोशन शाहको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्ण घिमिरेले जानकारी दिनुभएको छ ।
करेन्ट लागि गम्भीर घाइते भएका शाहलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
शाह विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रमा केहि वर्षदेखि काम गर्दै आएका थिए।