शुद्ध पिउने पानीको पहुँचमा जनतालाई पुर्‍याउन सरकार प्रतिबद्ध छ :मन्त्री खान


नवलपरासी ।
खानेपानीमन्त्री अब्दुल खानले वर्तमान सरकार जनतालाई सहजै शुद्ध पिउने पानीमा पहुँच पु¥याउने काममा लागेको बताएका छन् ।

पश्चिमको नवलपरासी बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री खानले सो कुरा बताएका हुन् ।

आम नागरिकको पहुँचमा स्वस्छ खानेपानी पु¥याउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
मन्त्री खांनले छिट्टै मन्त्रालयमा विषेश समय लिएर विदेश पानी निर्यात गर्न मिल्ने आधारहरुका बारेमा छलफल गर्ने बताए । नेपाल पानीको दृष्किोणले धनी भएकाले पेट्रोलियम पदार्थ आयात गरेजस्तै खानेपानी नेपालले निर्यात गर्ने उनले बताए ।

मन्त्री खानले कुन कुन देशमा नेपालले पानी सहजै निर्यात गर्न सक्छ भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए ।
नेपालभित्र पानी नपुगेका जनसंख्यालाई सरकारले जार वा वोतल जेमा सकिन्छ सबैलाई पानी सहज पहुँचका निम्ति आफु हरदम अग्रसर रहने उनले चर्चा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च