नारायण घिमिरे “भावुक”नेविसंघका विद्यार्थी
नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनका लागि पार्टिका सभापति द्वारा केन्द्रिय तदर्थ कार्यसमिति बन्यो, जसको नेतृत्व राजिव ढुंगाना ज्युले गर्नुभएको थियो । ६ महिना भित्र अधिवेशन सम्पन्न गर्नुपर्ने जसमा यदर्थ कार्यसमिति उम्मेदवार हुननपाउने गरि दिइएको जिम्मेवारी बहन गर्न नसकेपछि ‘पुर्व अध्यक्ष’ पदमा सानदार हुनुहुन्छ । उहाँलाई मात्रै ६ महिना बाध्यत्याले स्विकार गरियो । असक्षम अध्यक्ष वा तदर्थका कारण जिम्मेवारी बहन गर्न सकेन । लामो समय रिक्त रहेको महुशुस रह्यो ।
अहिले पुन: उहीँ पुरानै वा नयाँ सभापति ज्यु बाटै अर्को केन्द्रिय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पा ज्यु मनोनित हुनुभयो जस्ले निर्वाचनको अन्तिम मतपरिणामको ३ महिना भित्र अधिवेशन सक्नुपर्ने छ । मंसिर १०/१५ गतेलाइ अन्तिम मतपरिणामको समय हेर्दा उहाँको कार्यकाल अब एक महिना भन्दा कम अर्थात् फागुन १०/१५ सम्म छ । त्यतिन्जेल मेरो अर्थात् नेविसंघको सभापति दुजाङ शेर्पा मान्नु बाध्यता नै छ । जादुको आसा छ फागुन १५ भित्र नेविसंघको अधिवेशन हुनेछ, उहाँले कार्यकाल सफल पार्नुहुनेछ । नत्र फागुन १५ पछि पुन: नेविसंघको केन्द्रिय समिती रिक्त रहेको महुशुस गर्नुपर्नेछ ।
त्यस्तै, जिल्लागत रुपमा जिल्ला कार्यसमिति काङ्ग्रेसको पत्रचार अनुसार केही जिल्लाले नेविसंघको जिल्ला समिती रिक्त रहेको र फलानोलाइ अध्यक्ष बनाइदिनुहुन भनी गएका सिफारिसका आधारमा केन्द्र बाट ३ महिना भित्र जिल्ला अधिवेशन गर्ने जिम्मेवारीमा मनोनित गरिएको छ । जसको जिम्मेवारी लिखितम ३ महिना सम्म छ, उसको कार्यकाल पनि ३ महिने नै हो । त्यसपछी- हामिलाई स्वत: रिक्त ! त्यतिमात्रै होइन तदर्थ समिती अधिवेशनको उम्मेदवार बन्न नपाउने संकेत पार्टी सभापतिले नै विवेक दिनुभएको देखिन्छ ।
चिन्ताको विषय के अब नेविसंघको ३ महिने र ६ महिने जिम्मेवारीको मनोनित मात्रै रहने, तदर्थले ५ वर्षे नेतृत्व आफुलाई ठान्ने नैतिकता देखाउँदै जाने नै हो त?
आखिर नेविसंघका संस्थापन इतर पक्षका विद्यार्थीहरु हेर्नू र मान्नु शिवाय केही रहेन । संस्थापन पक्षले नेता मान्नु र मनोनितको प्रचार गर्नु लिखितम सपथ बिर्सनु शिवाय केही नरहेको प्रष्ट छ । नेतृत्व जन्मन संगठन गर्नु वा विद्रोह गर्नु वा नेताकै पछि लाग्नु नेविसंघले नैराश्यता देखाएको छ । २०५२ साल देखि संस्थापन पक्षको नेतृत्वमा मालिक बनेर शेर बहादुर देउवा बसेका छन्, उनी नेतृत्व अब रहेनन् पक्षको मालिक मात्रै रहे । जस्ले उनी बाट टीका थाप्छन् उन्ले लाभ लिए नेता बने तर आफ्नो मात्रै ! त्यति मात्रै कहाँ होर टीका लिगेको जिम्मेवारीको सपथ माथी ठाडै लात हानेर पुर्ण कार्यकाल नै आफ्नो गोदामको बोरा माथी बसेको प्रष्टै छ ।
आखिर पछिल्लो समय कम्युनिस्ट भातृ संगठन र नेविसंघमा खासै ठूलो फरक देखिएन, केबल उनको मालिक एउटा हाम्रा दुई वा सो भन्दा बढी । एक मालिक जो शतप्रतिशत शेयर आफ्नै कब्जामा छ, अरु मालिक मुर्खलाई ठेगान लगाउन मूर्ख भन्दा पनि बढी मूर्ख हुनुको विकल्प नदेखी बनेका मालिकहरु । विडम्बना एक पटक कब्जामा रहेको शक्तिको मुट्ठी फोर्न सामान्य विद्रोहले चिमोठटनु बाहेक केही रहेन ।
हेरौं र कुरौंमा रहेका लेवरहरु यसैगरी धारणा व्यक्त गर्दै चिया पिउँदै । पुजा नगरौं सनातन धर्मले भगवान बनाइदिएर मुर्ती मन्दिरमा स्थापना गर्दिन्छ । पुजाँ गरौं- मुर्ती र भगवानको विश्वास नै लाग्दैन । घण्टि बजाऔं भने भगवानका कान नै हुँदैनन् सुन्ने कुरै भएन । भिरमा गएको गोरुलाई राम राम भन्न सकिन्छ काध थाप्न सकिँदैन भन्ने यथार्थ रहेछ । जय भक्त जय भगवान !