चितुवाको छालासहित पाल्पामा एक जना पक्राउ

पाल्पा। पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर २ दिगबाट चितुवाको छालासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय ३८ वर्षका सोमान सिंह खत्रीलाई चितुवाको छालासहित ईलाका प्रहरी मुझुङका प्रमुख सोम बहादुर सारुसहितको प्रहरी टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो । हाल उनलाई अनुसन्धानका लागि डिभिजन वन कार्यालय पाल्पालाई बुझाएको मुझङु प्रहरी प्रमुख दर्लामीले बताए।

खत्रीले चितुवाले घरको बाख्रा खाएको भन्दै बिषादी प्रयोग गरेर चितुवा लाई मारेर छाला काढेको भन्ने सुराकीका आधारमा प्रहरीको गोस्ती टोलीले खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च