कसेनी स्वास्थ्य चाैकीकाे पक्की भवन निर्माण सुरू

पाल्पा – कसेनी स्वास्थ्य चौकीको पक्की भवन निर्माण सुरु भएको छ । माथागढी–३ स्थित बगैँचामा कसेनी स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको हो । माथागढी गाउँपालिकाको सिफारिसमा संघीय सरकारबाट प्राप्त विशेष अनुदानतर्फको एक करोड ६० लाख रुपियाँमा दुई तले पक्की भवनकाे निर्माण सुरू भएकाे गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।

भवनको शिलान्यास गर्नुहुँदै अध्यक्ष चिदीले भवन निर्माणपछि सेवाग्रहीलाइ स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने बताउनुभयो । उहाँले माथागढी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । २५ वर्षको लामो पर्खाईपछि भवन बन्नु सुखद र खुसीको कुरा भएको बताउँदै उहाँले समयअगावै भवन निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

विगतमा आफू स्वास्थ्य क्षेत्रको कर्मचारी हुँदा २०५४ सालमा बोर्ड बोकेर कसेनी स्वास्थ्य चौकीमा आएको अनुभव राख्नुहुँदै अध्यक्ष चिदीले धेरै प्रयासपछि भवन बनाउन बजेट विनियाेजन भएकाे उल्लेख गर्नुभयो । कार्यक्रममा माथागढी–१, का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीले माथागढीभित्रका नागरिकको स्वास्थ्य अवस्था सुधार गर्न पालिकाले विशेष बजेट विनियाेजन गरेर काम थालेकाे बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्र सबैभन्दा महत्वपूर्ण भएको भन्दै यसकाे परिवर्तनले मात्रै गाउँपालिकालाई नमूना बनाउन सकिने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च