निस्दीको एकीकृत घुम्ती सेवा : नागरिकद्वारा ठुलो राहत महसुस

पाल्पा – निस्दी गाउँपालिकाको एकीकृत घुम्ती सेवा सम्पन्न भएको छ । पालिकाको टिम वडामै पुगेर सेवा दिएको हो । ‘ जहाँ नागरिक त्यहाँ सेवा ‘ भन्ने मान्यताका साथ पालिकाले एकीकृत घुम्ती सेवामार्फत प्रत्येक वडामा पुगेर नागरिकलाई सेवा दिएको हो ।

निस्दीले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई सोही ठाउँबाट समाधान गरेको छ । घुम्ती सेवाबाट यहाँका नागरिकले ठुलो राहतको महसुस गरेका छन । पालिकाबाट हुने सेवाहरु लिन केन्द्रसम्म पुग्न नागरिकलाई झन्झटिलो हुनुका साथै समय र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गरेको अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयाे ।

शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरफारक, आयोजना सम्बन्धित अभिमुखिकरण, गरिव घरपरिवार परिचय पत्र वितरण, अपाङ्गताको परिचय पत्र वितरण, ब्यवसाय दर्ता, औषधी वितरण, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान, स्वास्थ्य परामर्श लगायतका सेवा प्रदान गरेको छ । घुम्ती सेवा माघ ११ देखि १७ गतेसम्म सञ्चालन गरेको हो ।

गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवाका लागि केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्नका साथै नागरिकलाई सेवा प्रदानमा सहज बनाउन अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालले बताउनुभयाे ।

गाउँपालिकाको कार्यालयबाट खटिएर गएका कर्मचारी ७ वटै वडामा पुगेर पालिकाको कार्यालयमा पुगेर लिनुपर्ने सेवा शिविरबाटै उपलब्ध गराएको दयालले बताउनुभयाे । गाडीमा यात्रा गरेर गाउँपालिकाको केन्द्रमा आउन नागरिकलाई सास्ती हुने भएकाले जनतालाई सहज होस भनेर शिविर सञ्चालन गरिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च