पाल्पामा ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु

पाल्पा – जिल्लाको तिनाउ–५, चौबिसमाइलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग हुँदै पाल्पाबाट बुटवलतर्फ गइरहेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ल. २ ख ८४३ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत घर भई हाल स्याङ्जा जिल्ला, वालिङ् नगरपालिका–८, बस्ने ३७ वर्षका विनय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शनिबार पौने १२ बजेतिर ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका चौधरीको दिउँशो उपचारको क्रममा लुम्विनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । शनिबार बिहान भएको अर्को दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च