भैरब नवदिप मा.वि ले हात पार्यो चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिताको उपाधी

पाल्पा-जिल्लाको रैनादेबी छहरा गाउँपालिकामा सञ्चालित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिता, २०७९ आज सम्पन्न भएको छ । विभिन्न १२ विधामा खेलहरू सञ्चालन गरिएकोमा १० स्वर्ण पदक सहित कुल ३६ पदक प्राप्त गरेर भैरव नवदीप माध्यमिक विद्यालय प्रथम भएको छ ।
वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालय ५ स्वर्ण सहित जम्मा २७ पदक प्राप्त गरेर द्वितीय र महाकाली माध्यमिक विद्यालयले ३ स्वर्ण सहित २१ पदक प्राप्त गर्दै तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा छनौट भएका खेलाडीहरू रैनादेवी छहरा गाउँपालिकाको प्रतिनिधित्व गर्दै पाल्पा जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।

विजेता खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, शिक्षा समिति सदस्य नल बहादुर राना र कार्यपालिका सदस्य महेश बरालले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले सहभागी सम्पूर्ण विद्यालय तथा खेलाडीहरूलाई धन्यवाद दिँदै छनौट भएका खेलाडिहरूलाई जिल्लास्तरिय प्रतियोगिताका सहभागी बनाउने बताउनुभयो । साथै खेलाडीहरू अनुसाशित र लगनशील भइ जिल्ला स्तरीय प्रतियोगीतामा बिजयीको शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च