जिल्लाको तिनाउ गाउँपालिकामा तरकारी खेती सम्बन्धि २ दिने तालिम सम्पन्न

पाल्पा- जिल्लाको तिनाउ गाउँपालिकामा वडा न २ बोटे गाउँमा तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ । तालिम दुई दिन सम्म सञ्चालन भएको थियो । तालिममा २५ जना कृषकहरूको सहभागीता रहेको थियो ।

तालिमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तालिममा सिकेका कुराहरुलाई व्यवहारिक प्रयोगमा ल्याउन सक्नु पर्नेमा जोड दिनुभयो । पालिका सरकारले कृषि तथा पशुपालन र पर्यटनको माध्यमबाट समृद्ध तिनाउ बनाउने योजना साथ अगाडि बढेको बताउनुभयो ।गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले रसायनिक विषादिको प्रयोगलाई निरुत्साहित गर्दै जैविक उत्पादनमा ध्यान दिन विशेष जोड दिनु भयो । तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सकेमात्रै त्यसले अर्थ राख्नेमा जोड दिदैँ गाउँपालिकाले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न गाउँपालिका लागि परेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता यादब प्रसाद अर्यालले कृषकहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले गाउँपालिकाले उत्पादनमा आधारित अनुदानको शुरुवात गरेकोले अनुदानबाट लाभ लिन आग्रह गर्दै कृषकहरुले उत्पादन गर्ने अन्य कृषि उपजहरुमा समेत अनुदान विस्तार गर्दै लगिने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका कृषि प्राविधिक किशोर रावल,कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक विरेन्द्र शाहले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम बोटेगाउँ कृषि सहकारीका अध्यक्ष तुम बहादुर गाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च