गुल्मीमा ट्याक्टरले किचेर एक युवाको मृत्यु

गुल्मी । शुक्रबार दिउँसो  गुल्मीमा  ट्याक्टरले  किचेर एक युवकको ज्यान  गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरले   किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको   हो  ।

नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक ट्याक्टरबाट खसेको र बीचको पाङ्ग्राले किच्दा मृत्यु भएको प्रहरी निरीक्षक रबिन्द्र श्रेष्ठले जानकारी  दिए । मृतक अर्को  ट्याक्टरका सहचालक थिए ।

उनलाई किच्ने ट्याक्टरका चालक सागर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए   । मृतकको शव पोष्मार्टमका  लागि गुल्मी अस्पताल ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च