काठमाडौं । नेपाली कांग्रेसका पुर्व पार्टी सभापति, पुर्व प्रधानमन्त्री एवम् संविधानका पिता स्वर्गीय सुशील कोइरालाको सातौं स्मृति दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
सुशील कोइराला सोसलिष्ट युथ सर्कल केन्द्रिय समितिको आयोजनामा शान्तीवाटिका रत्नपार्कमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आत्थ्यिता नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एव सांसद प्रतिमा गौतमले गरेकी थिइन् ।
उक्त कार्यक्रममा स्वर्गीय सुशील कोइरालाका भतिज एवं पुर्व स्वकिय सचिव अतुल कोइराला नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य लक्ष्मण पन्थी , नेविसंघ पुर्व उपाध्यक्षद्वय सागर परियार, निलकण्ठ रिजाल , वाल्मीकि विद्यापीठका पुर्व स्ववियु सभापति लक्ष्मण आचार्य नेविसंघ नेताहरु प्रेमिका राना मगर, धर्मराज शाही, भुवन भट्ट, विनोद शाही ठकुरी ,शिवलाल पौडेल, विक्रमादित्य सिंह गिरि, तिर्थ मिश्र, अशोक भट्टराई लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजकत्व सर्कलका अध्यक्ष तारा बहादुर थापाले गरेको उपाध्यक्ष कृष्णप्रसाद पोख्रेलले जानकारी दिए ।