अर्घाखाँची, २८ माघ । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
पाणिनी गाउँपालिका ८, पालिमा शनिवार बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षिय हुम बहादुर कुमालको मृत्यु भएको छ । उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक २२ वर्षिय चाम बहादुर कुमाल र ३९ बर्षिय शंकर बहादुर कुमाल घाईते छन् । उनिहरूलाइ उपचारको लागि पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्ण प्रसाद घिमिरे जानकारी दिए ।
दाउरा लिन जाँदै गरेको ट्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजि १५० मिटर तल खसी दुर्घटना भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको छ ।