पाल्पा । माथागढी गाउपालिकको आयोजनामा भएको चौथो माथागढी गाउपालिकास्तरीय राष्टपति रनिङ्ग शिल्डको उपाधि दिव्यज्योति मा.वि.ले जितेको छ । दिव्यज्योतिले ११ स्वर्ण, ४ रजत र ४ काश्य सहित कुल १९ पदकका साथ प्रथम हुदा, सौभाग्य मा.वि. ले ९ स्वर्ण, ७ रजत र ६ काश्यका साथ दितीय र माउन्ट भ्यालीले ३ स्वर्ण, ४ रजत र ३ कास्यका साथ तृतिय स्थान हासिल गरेका थिए ।
यहि माघ २० देखि २२ गतेसम्म ३ दिन किसान मा.वि.को खेलमैदान झडेवामा प्रतियोगिता चलेको थियो । प्रतियोगितामा पालिका भित्रका कुल १३ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा १५ वटा खेल विधामा छात्र/ छात्राहरुले प्रतिष्पर्धा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदिले खेल राष्ट्रको विकास र एकताको प्रतीक रहेको बताउनुभयाे । खेल र खेलाडीको वृद्धि विकासको लागि माथागढी गाउँपालिकाले हरेक वर्ष विभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको छ अध्यक्ष चिदीले बताउनुभयो ।