तानसेनकाे असनटाेलमा नेवारी भोज

पाल्पा – जिल्लाको तानसेन असनटोलमा लोपउन्मूख हुँदै गएको नेवारी संस्कृतिको जर्गेना गर्ने उद्देश्यले नेवारी भोज नेवा भाेय: सम्पन्न भएको छ । तानसेन २ असन टोल बिकास संस्था को आयोजनामा आज नेवारी भोजको आयोजना गरिएको हाे । भाेजमा २ दर्जनबढी परिकारहरु खुवाइएकाे थियाे ।तानसेनमा संस्थाले गरिएको लोपउन्मूख हुँदै गएको नेवारी संस्कृतिको जर्गेना र पुस्तान्तरणको लागि नेवारी भोज आयाेजना भएको हो संस्थाका अध्यक्ष अनुजा बज्राचार्यले बताउनुभयो ।

प्रति ब्यक्ति रु ९०० को कुपन लिनु पर्ने खाना मा २० भन्दा बढी प्रकारको परिकार को खाना रहने र करिब ४०० जना को सहभागीता रहेकाे अध्यक्ष बज्राचार्यले बताउनुभयो ।

मेलाबाट बचत रकम संस्थाको बिकास मा लगाउने संस्थाले जनाएको छ । खाना साल को टपरी मा राखी पलेटी कसेर नेवारी संस्कृती अनुसार मर्यादा पुर्बक खुवाइएकाे सचिव सुनिता थैवले बताउनुभयो ।

नेवारी संस्कृति लोप हुँदै गएको अवस्थामा यस भोजले नेवारी संस्कृतिबारे अध्ययन गर्न समेत सहज हुने सल्लाहकार मदनलाल बज्राचार्यले बताउनुभयो । पहिले पनि यस्तो खालको मेला गरेको जनाउँदै संस्थाका पूर्व अध्यक्ष सकुन्तला बज्राचार्यले नेवारी परम्परा र नेवारी खानाको बारेमा जानकारी सहित सांस्कृतिक कार्यक्रम र सम्मान समेत गरिने बताउनुभयो ।

भाेजमा स्थानीय टाेल विकास समूहका सदस्याकाे साथै प्रदेश सभा सदस्य खेमबहादुर सारु पत्रकार बुद्धिजीवि नागरिक समाज मेयर उपमेयर कर्मचारी पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च