दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले निर्धक्कसँग हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न आग्रह गरेका छन् । बिहीबार राप्ती गाउँपालिका ८ पिपरी दाङमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान २०७९ को शुभारम्भ गर्दै उनले हात्तीपाइले रोग विरुद्धको औषधिले मानव स्वास्थ्यमा असर गर्छ ,भन्ने भ्रमबाट मुक्त भई निर्धक्कसँग औषधि सेवन गर्न आग्रह गरे ।

उनले यो रोगको उन्मूलनको एकमात्र उपाय औषधि सेवन भएको भन्दै औषधि सेवन अभियानबाट कोही पनि छुट्न नहुने बताए । प्रदेशका दाङ, बाँके र कपिलवस्तु हात्तीपाइले रोगका लागि उच्च जोखिममा रहेका जिल्ला भएको भन्दै उनले यी जिल्लालाई हात्तीपाइले रोगमुक्त बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गरे । ‘हात्तीपाइले रोगको उन्मूलनका लागि सबैको सहकार्य अनिर्वाय छ । प्रदेशका दाङ, बाँके र कपिलवस्तु हात्तीपाइले रोगको उच्च जोखिम भएका जिल्ला हुन’, उनले भने, ‘प्रदेशलाई हात्तीपाइले रोगमुक्त जिल्ला बनाउन सरकारले योजना बनाएको छ । सरकारको योजनालाई सफल बनाउन लाग्न सबैलाई आग्रह गर्दछु ।’
हात्तीपाइले रोगको उन्मूलन लागि औषधि सेवन अनिवार्य रहेको बताउँदै मुख्यमन्त्री गिरीले औषधि सेवन अभियानलाई घरघरसम्म पु¥याउन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए । ‘हात्तीपाइले रोगको उन्मूलनका लागि सबैले औषधि सेवन गर्नुपर्दछ । यो सरुवा रोग भएकाले कुनै एकजनामा यो रोग लाग्दा अरुमा पनि सर्ने हुँदा सबै नागरिकलाई अभियानसँग जोड्नु पर्दछ । औषधि सेवनमा कुनै पनि नागरिक नछुट्ने गरी स्वास्थ्यकर्मीहरू लाग्नुपर्दछ । सबैलाई औषधि सेवन अभियानमा जोड्नै पर्दछ,‘ उनले थपे ।
प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित चौधरीले स्वच्छ समाज निर्माण अभियानमा जुट्न प्रदेशवासीलाई आग्रह गरे । उनले रोगमुक्त नहुँदासम्म समाज स्वच्छ नहुने भन्दै स्वच्छ समाज निर्माणका लागि नागरिक स्वच्छ हुनु पर्ने धारणा राखे ।