पाल्पाको विकासको लागि सन्चारकर्मीको भूमिका महत्वपूर्ण

पाल्पा । पाल्पाका उध्योगी ब्यवसायीले पाल्पाको पर्यटन विकास एवम् औद्योगिक विकासको लागि रुपन्देहीका पत्रकारहरुको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । पाल्पा उद्योग बाणिज्य संघले पाल्पामा लुम्बिनी प्रेस क्लबका पत्रकारहरुका लागि आयोजना गरेको स्वागत एवम् छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले पाल्पालाई समुन्नत बनाउन पत्रकारहरुले सोही अनुसारको सहयोग गरिदिन आग्रह गरेका हुन ।
पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले आगामी दिनमा लुम्बिनी प्रेस क्लबको सहकार्यमा पाल्पा र भैरहवा बीचको पर्यटन एवम् औद्योगिक बिकासमा लाग्ने बताए । उनले पाल्पामा रहेका जडीबुटी, तरकारी, फलफुल लगायतको निकासीलाई ब्यवसायिक रुपमा लैजाने बताए । भैरहवा विमानस्थल हुँदै विदेश निकासीको लागि प्रारम्भिक कार्यवाही थालिएको उनले बताए ।

यस्तै लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्माले पाल्पा र रुपन्देही जिल्ला बिच समन्वय गरी पर्यटकीय एवम् औद्योगिक बिकासको लागि आवश्यक सहयोग गर्ने बताइन । उनले ऐतिहासिक र धार्मिक क्षेत्रको प्रचार प्रसार तथा पाल्पाका स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताइन । पाल्पाको ढाकाको उत्पादनलाई विदेशी पर्यटकसम्म पुर्‍याउन र निर्यातको लागि थप पहल गर्न आग्रह गरिन । यसको लागि लुम्बिनी प्रेस क्लब सहकार्य एवम् सहयोग गर्न तत्पर रहेको उनले बताइन । साथै पाल्पाको विकासमा भैरहवामा निर्माण भएको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिका महत्वपूर्ण रहेको बताउँदै सञ्चालनमा पाल्पा उद्योग बाणिज्य संघको दबाव पनि आवश्यक रहेको जिकिर गरिन ।

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारीले पत्रकारहरुले पाल्पाको राजदूतको भुमिका खेलिदिन आग्रह गरे । लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले भैरहवामा रहेको बिमानस्थल मार्फत पाल्पाको अदुवा, सुन्तला, कफि लगायत फलफुल र तरकारी लगायतका उत्पादनलाइ खाडी मुलुकमा निर्यात गर्ने सोच बनाउन आग्रह गरे । बिमानस्थलको कार्गो प्रयोग गरि निर्यात गर्न पाल्पा सक्षम रहेको बताउदै यस तर्फ योजना बनाउन उनले जोड दिए ।

पालिका भेटघाट कार्यक्रम अन्तर्गत तानसेन नगर पालिकाको आमन्त्रणमा लुम्बिनी प्रेस क्लबको टोली अहिले पाल्पा भ्रमणमा रहेको छ । तानसेनको ऐतिहासिक एवम धार्मिक पर्यटनको विकासको बिषयमा प्रचार प्रसार गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च