तराईका केही जिल्लाको तापक्रम ३० डिग्री माथी,यसपालि गर्मी धेरै हुने अनुमान


काठमाण्डौ ।
प्रि–मनसुन सुरु भएसँगै तापक्रम बढ्न थालेको छ । तराईका केही जिल्लाको तापक्रम ३० डिग्री सेल्सियस नाघिसकेको छ ।

जनकपुरको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । यस्तै, धरान ३१ दशमलव ८, भैरहवाको ३१ दशमलव ९, सिमराको ३१ दशमलव ४, विराटनगरको ३१ दशमलव २, नेपालगञ्जको ३० दशमलव ७ डिग्री सेल्सियस पुगेको छ । अन्य ठाउँमा पनि तापक्रम बढिरहेको छ ।

यसपालिको हिउँदमा खासै पनि नपरेकाले सुक्खापन बढेको छ । हिउँदयाममा वर्षा र हिमपात खासै नभएकाले गर्मी थप बढ्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च