पाल्पा । मुलुककै अग्रज क्याम्पस मध्यको एक त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा तीन विद्यार्थी संगठनले आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्वबियु)को चुनावमा गठबन्धन गर्ने भएका छन। राष्ट्रिय राजनीतिमा हालै बनेको गठबन्धन मध्यका नेपाली कांग्रेस निकट नेबिसंघ, नेकपा माओवादी-केन्द्र निकट अखिल(क्रान्तिकारी) तथा राष्ट्रिय जनमोर्चा निकट अखिल(छैठौ)ले निर्वाचनमा संयुक्त प्यानल बनाएर जाने सहमती गरेका छन। पद भागबन्डामा स्वबियु सभापति, कोषाध्यक्ष सहित ३ सदस्य नेबिसंघले, सचिव सहित ४ सदस्य अखिल(क्रान्तिकारी)ले तथा १ सदस्य अखिल(छैठौ)ले लिनेगरी सहमती भएको छ।
धेरै बर्ष देखी हुन नसकेको स्वबियु निर्वाचन यो बर्ष चैत्र ५ मा गर्नेगरी त्रिभुवन विश्वबिद्धालयले तालिका सार्वजनिक गरेको थियो। जस अन्तर्गत फाल्गुन १९ गते संगठन दर्ताको काम सम्पन्न भएको छ भने फाल्गुन २७ गते(आज) मनोनयन दर्ताको कार्यक्रम रहेको छ। त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा २०६५ साल देखी स्वबियु निर्वाचन हुन सकेको छैन। २०७३ सालमा निर्वाचन गर्नेगरी तालिका सर्वजनिक भएपनी तालाबन्दीका कारण निर्वाचन नै स्थगित भएको थियो। त्यस यता निर्वाचन भएको छैन।
यसै बिच नेकपा(एमाले) निकट अनेरास्वबियुले बिभिन्न माग राख्दै निर्वाचन समितीको कार्यालयमा तालाबन्दी गरेको छ। तालाबन्दी खुलाएर मनोनयन दर्ताको काम सुरु गर्न अहिले सर्वपक्षिय बैठक जारी रहेको छ।