कुमारी बैंकको संस्थापक सेयरमा आवेदन दिने समय थप

काठमाडौ । कुमारी बैंकको संस्थापक सेयरमा आवेदन दिने समय चैत ६ गतेसम्म थप गरेको छ । बैंकले फागुन १६ गतेदेखि २ लाख ९६ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।यस लिलामी सेयरमा अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च