पाल्पा । रैनादेवी छहरा-७ बल्ढेङगढीमा बुधवारदेखि नेकपा एमालेको मिसन ग्रासरुट अभियान सुरु भएको छ । अभियानमा लुम्बिनी प्रदेश कमिटीका सदस्य ओमबहादुर घर्तिमगरले मिसन ग्रासरुट अभियानको उद्देश्य, पार्टीको नीति, सिद्धान्त, विचार र दृष्टिकोण प्रवाह गर्न सजिलो भएको बताए । उनले पार्टीको सदृढीकरण र विस्तारका लागि यो अभियान प्रभावकारी रहेको उल्लेख गरे ।
अभियानकै क्रममा जिल्ला सचिवालय सदस्य दलबहादुर गुरुङ, जिल्ला सदस्य झपेन्द्र रायमाझी, पार्टीका गाउँ कमिटी अध्यक्ष रामप्रसाद ज्ञवाली, वडा कमिटी अध्यक्ष रमेश कार्की, उपाध्यक्ष दिलबहादुर खाम्चा र ऋषिराम बिक लगायतले ग्रासरुट अभियान सफल बनाउन पार्टी कार्यकर्ताहरु कटिबद्ध भएर लाग्नु पर्ने बताउँदै अभियानले पार्टीका नेता,कार्यकर्ता र समर्थकहरुलाई नयाँ उर्जा मिलेको बताए ।
साथै अभियानकै क्रममा सोही वडाका संगठित सदस्य एवम् पूर्व वडाध्यक्ष खमबहादुर रास्कोटी मगरको ११ ओै तिथिमा श्रद्धाञ्जली एवम् समवेदना सभा समेत सम्पन्न भएको छ ।