अर्घाखाँची, १२ चैत । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँचीको सन्धिखर्कमा आउँने भएका छन् । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली सन्धिखर्क आउँन लागेको एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले बताए ।
सन्धिखर्कको संगम फुडल्याण्डमा हुने कार्यक्रममा केन्द्रीय स्तरका नेताहरु सहित जिल्लाका ६१ वटै वडाबाट कार्यकर्ताहरुको सहभागीता रहने एमालेले जनाएको छ । गोरुसिंगे बाट ठाडा हुदैँ सुपादेउराली मन्दिरको दर्शन गरी ओली ११ बजे सम्ममा सन्धिखर्क आउँने छन् ।