अर्घाखाँचीमा पुरुष भन्दा महिला बढी

सन्धिखर्क । अर्घाखाँचीको जनसंख्या राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार १ लाख ७७ हजार ८६ पुगेको हो ।जसमा ८० हजार ६ सय ७२ जना पुरूष र ९६ हजार ४ सय १४ महिला रहेका छन् । पुरूष भन्दा महिला १५ हजार ७ सय ४२ ले बढि छन् । २०६८ सालमा जिल्लाको जनसंख्या १ लाख ९७हजार ६सय३२ रहेको थियो ।

जसमध्ये महिला १लाख ११ हजार३सय६६ थियो भने पुरुषको जनसंख्या ८६ हजार २सय६६ रहेको थियो ।त्यति बेला पुरुष भन्दा महिलाको जनसंख्या २५ हजार ५ सय ६६ बढी रहेको थियो ।
पछिल्लो १० वर्ष अर्थात (२०७८ ) मा आउँदा २० हजार ५ सय३६ जनसंख्या घटेको छ ।जनसंख्या घटनुको मुख्य कारण बसाइ सराई रहेको छ ।यो संगै जिल्लाको जनसंख्या १ लाख ७७ हजार ८६ पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च