स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुसंग बजेट निर्माण सम्बन्धी पूर्व तयारी छलफल

पाल्पा। पाल्पाका दश स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीहरुसंग योजना तथा कार्यक्रम निर्माण, बजेट विनियोजन, बजेट निर्माणमा पूर्व तयारी विषयमा दुई दिने छलफल कार्यक्रम सकिएको छ । पाल्पा विकास केन्द्रको आयोजनामा छलफल चलेको हो । कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव रामप्रसाद पाण्डे, उपसचिव भविश्वर घिमिरेले योजना निर्माण, योजना तर्जुमाका चरण, बजेट निर्माण, सुशासन, अनुगमन, वित्तिय संघीय र व्यवस्थापनलगायतका विषयमा सहजीकरण्ण गरेका थिए ।

कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जनप्रतिनिधि तथा कर्मचारीको उत्तरदायित्व, सुशासन, पारदर्शीताका विधि प्रक्रिया, लैङ्गिक बजेट निर्माण, कार्यान्वयन तथा लाभग्राहीको अवस्था बारेमा जानकारी दिएका थिए । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेले पूर्वाधार विकासमा अन्तरनिहित सवालहरु, दिगोपना, पूर्वाधार निर्माणमा स्थानीय सरकारको भुमिका जिम्मेवारी तथा बजेटको कार्यान्वयनको बारेमा जानकारी गराएका थिए । कार्यशालामा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सबैले संविधान ऐन नियम कानुन र कार्यविधिमा टेकेर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय सरकारको महत्व, प्रभावकारीता र भूमिका, संघिय सरकार र प्रदेश सरकारले नबुझेको वा बुझि बुझिकन पनि हस्तक्षेप गरेको कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले गुनासो गरेका थिए । अहिले प्रदेश तथा संघका एक दुई लाखकका बजेट पनि उपयोगिता विहिन तरीकाबाट विनियोजन भई फरफारकको अन्तिम समयमा आउने गरेको जनप्रतिनिधीहरुले गुनासो गरे ।

पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले संस्थाले प्रदेश स्थानीय सरकारको काममा व्यवस्थित , पारदर्शी, योजनाबद्ध तरीकाबाट सञ्जान होस भनी समय समयमा जनप्रतिनिधि र कर्मचारीहरु बीच समन्वय र सहकार्य गर्दै आएको बताए । संस्थाका कार्यक्रम संयोजक किरण कौशलले स्थानीय र प्रदेश सरकारका गतिविधिहरु, ऐन नियम कानुन, कार्यविधि सबै विषयहरुको जानकारीको लागी नीति पातो वेभ साईट संचालन गर्दै आएको जानकारी गराए । लुम्विनी प्रदेशका स्थानीय तहका सबै गतिविधि नीतिपात्रोमा रहेकोले सबैलाई प्रयोग गर्न कार्यक्रम संयोजक कौशलले अनुरोध गरे । कार्यक्रममा जिल्लाका दश वटै पालिकाका जनप्रतिनिधी र कर्मचारीकाे सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च