बालुवाटारमा मन्त्रीको भागबण्डा मिलेन,बैठक निष्कर्षविहीन भोलि बिहान ९ बजे पुनः बसेर सहमति जुटाउन प्रयास

काठमाडौं, १४ चैत । सत्ता साझेदार दलमा मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो । बैठक बुधबार बिहान ९ बजे पुनः बसेर सहमति जुटाउन प्रयास गरिने नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ।

यस्तै कांग्रेसले आठ मन्त्रालय पाउने भनिएपनि मन्त्रालयमा सहमति जुट्न सकेको छैन । यस्तै जसपासहित अन्य साना दलले पाउने मन्त्रालयमा सहमति जु्ट्न नसकेको बताइएको छ ।

सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसकेपछि भोलि बिहान ९ बजे बस्नेगरी बैठक सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च