तानसेन | नेपाली बिमा बजारमा सर्बाधिक ३५ घातक रोग बिरुद्ध ५० लाख सम्मको औषधि उपचार सुबिधा भएको सुर्यज्योती लाईफ इन्स्योरेन्सले पाल्पा जिल्ला तानसेन नगरपालिका १२ बौवापोखराथोक , डाडाकटेरिका भरत रेस्मिलाई घातक रोगको उपचार खर्च सुबिधा बापत २५००००/-(दुई लाख पचास हजार रुपैया) प्रदान गरेको छ।
कम्पनिमा २०७७/०३/२६ गते बिमा गराएका रेस्मी केही महिना अगाडि दुबै मृगौला फेल भै उपचाररत रहेको अबस्थामा एक कार्यक्रमका बिच पाल्पा तान्सेन शाखाका शाखा प्रबन्धक पारसमणी पोखरेल ले उक्त रकम हस्तान्तरण गरेका हुन |
कार्यक्रममा बोल्दै बिमित रेस्मिले सजिलो परिस्थिति छदै भोलिको सम्भाबित अफ्ट्यारो परिस्थितिलाई नजरअन्दाज गरि बिमा गर्नु पर्छ भन्ने चेतनाले बिमा गरेको कारण आज अफ्ट्यारो परिस्थितिमा समेत सुर्यज्योतीको साथ पएको बताए।