रुपन्देही । समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समिति पुर्नगठन गरिएको छ । संगठनका केन्द्रीय अध्यक्ष शम्भूू श्रेष्ठ सहित केन्द्रीय पदाधिकारीहरुको उपस्थितीमा शनिबार लुम्बिनीमा बसेको बैठकले हृदय भुसालको नेतृत्वमा २९ सदस्यी समिति पुर्नगठन गरिएको हो ।
संगठनको उपाध्यक्षमा शंकर प्रसाद पाण्डेय, महिला उपाध्यक्षमा प्रतिज्ञा बुढा मगर, सचिवमा दीपक अनुुरागी, कोषाध्यक्ष प्रकाश न्यौपाने, सहसचिव पदम गैरैलाई सर्वसम्मत चयन गरिएकाे छ ।
त्यसैगरि सदस्यहरुमा लोकनाथ शर्मा, मनोज क्षेत्री, एलिना आचार्य, अशोक चौहान, विक्रम आचार्य लगायत चयन भएका छन् । लुम्बिनी प्रदेश समितिमा जिल्ला अध्यक्षहरु पदेन रहने व्यवस्था छ ।
विस्तारित बैठकलाई सम्बोधन गर्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भूू श्रेष्ठले नेपालको अभिव्यक्ति र प्रेस स्वतन्त्रताको रक्षा गर्दै व्यवसायिक पत्रकारिताका पक्षमा उभिने बताउनु भयाे । उहाँले समाजवादी प्रेस संगठन आलोचनात्मक चेत भएका पत्रकारहरुको संगठन भएको बताउदै पत्रकारहरुले जहिल्यै पनि खराब पात्र र प्रवत्तिको विरोध गर्नुपर्ने, समाजका हरेक बिषयलाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने र संगठनमा लागेकाहरुले त्यहि अनुसार पत्रकारितामा आफूूलाई निखार्न आग्रह गर्नु भयाे ।