काठमाडौं । नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल ओमिक्रोनको एक्सबीबी.१.१६ सबभेरियन्टबाट संक्रमण पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ ।
यस क्रममा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरिएन्ट छन् । २४ नमुनामध्ये ९ वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
ओमिक्रोनकै दुई सबभेरियन्ट मिलेको बनेको यो यो निकै संक्रामक मानिन्छ । जसका कारण जनस्वास्थयका मापदण्डको पूर्ण रुपमा पालना गर्न मन्त्रालयले सबैमा अपिल गरेको छ ।