तानसेन गुठी काठमाडौँको आयोजनामा साहित्यिक तथा अन्तरक्रियात्मक कार्यक्रम

तानसेन गुठी, काठमाडौँको आयोजनामा शनिबार चैत १८ गते ललितपुरमा एक साहित्यिक कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा ‘तानसेनको चिनारीः साहित्य र संस्कृति’ विषयक अन्तर्क्रिया तथा कविता वाचन समेत गरिएको थियो ।

अन्तर्क्रिया पत्र प्रस्तोता पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिंह हुनुहुन्थ्यो । प्रस्तुत पत्रमाथि रामचन्द्रमान सिंहले टिप्पणी गर्नुभएको थियो भने नैना नेपाल र पदम न्यौपानेले सोमाथि आआफ्ना प्रतिक्रिया र सुझाव दिनुभएको थियो ।

तानसेन गुठी,काठमाडौँका अध्यक्ष नीलम गोंगलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि साहित्यकार भागिरथी श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा बनमाली लाकौल, हेमन्तराज कोलाक्षपती, डा.भवेश्वर पंगेनी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले तानसेन र सिंगै पाल्पाको इतिहाससँग सम्बन्धित विषयमा आआफ्ना धारणा व्यक्त गर्नुका साथै पाल्पाका पर्यटकीय सम्भावना र त्यसका लागि गरिनुपर्ने प्रयत्नका बारेमा समेत छालफल भएको थियो ।

कार्यक्रममा विनोद नेपाल, वेटी बज्राचार्य, ज्ञानकाजी शाक्य, सीता बिष्ट कार्की, रेणुका जोशी, कृष्ण केसी, नैना नेपाल, गीता गोंगल, वीरेन्द्र मालाकार, श्रीमणी खनाल, द्वारिका कुईकेल, दामोदर ढकाल दिपक, शोभा गौतमलगायतले कविता वाचन गर्नुभएको थियो ।

गुठीका पूर्व अध्यक्ष हिमाल कसजुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष, साहित्यकार शान्ता शाक्यले गर्नुभएको थियो । कार्यक्रम झण्डै चार घण्टा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च