लागुऔषधसहित ८ जना पक्राउ

काठमाडौं । अवैध लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याख्खा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी उनिहरुलाई पक्राउ गरेको हो ।यसैगरि, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन । करिब ४ ग्राम ब्राउनसुगर सहित बाँके कोहलपुर नगरपालिका–२ बस्ने २४ वर्षीय दिपक विक समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला गरी पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च