लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय पीस म्याराथनको उपाधि नेपाली सेनाका भाटलाई

बुटवल । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न भएको अन्र्तराष्ट्रिय पिस म्याराथन २०२३ को उपाधि खगेन्द्र घाटले प्राप्त गर्न सफल भएका छन । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको अवसरमा विहिबार प्रदेश खेलकुद परिषद्, लुम्बिनी र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजना गरेको म्याराथनमा नेपाली सेनाका खगेन्द्र घाट प्रथम भएका हुन । उनले २ घण्टा ४० मिनेट ५७ सेकेण्ड लगाए ।

२ घण्टा ४२ मिनेट ०१ सेकेण्ड लिदै नेपाल प्रहरीका करण खडका दोश्रो तथा २ घण्टा ४४ मिनेट २५ सेकेण्ड समय लिदै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भए । म्याराथनमा प्रथमले १ लाख, द्वितीय ले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरे । प्रदेश प्रमुख अमिक कुमार शेरचनले धावकहरुलाई पुरस्कार वितरण गरेका हुन ।

खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधीलाई आमन्त्रण गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहिबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ती दीप रहेका गेट अगाडि पूरा भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिब जयप्रकाश भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएको उहाले बताउनुभयो । यो वर्षको प्रतियोगिता समापनसंगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च