नयाँ वर्ष मनाउन रुपन्देहिबाट पाल्पा घुम्न आएका एक युवाको भुत खोलामा डुबेर मृत्यु

पाल्पा । पाल्पाको तिनाउ–३ झुम्सामा अवस्थित भुत खोलामा डुबेर रुपन्देहीका एक युवाको मृत्यु भएको छ । नयाँ वर्ष मनाउन शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी हेर्न पुगेका सिद्धार्थनगर–१२ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम जैशवालको मृत्यु भएको प्रहरी चौकी दोभानले जानकारी दिएको छ ।

शुक्रबार विहान करिव साढे १० बजेको समयमा पोखरी हेर्न पुगेका शिभम ढुङ्गामा चिप्लिएर पोखरीमा खसेका थिए । साथीहरुसँगै घुम्न गएका उनलाई उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएपनि त्यसअघिनै उनको मृत्यु भैसकेको अस्पतालले जानकारी दिएको थियो । घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पर्यटकीय स्थलको रुपमा प्रचार प्रशार तथा संरचनाहरु निर्माण गरिएको भुतखोलामा केही समयअघि रुपन्देहीबाटै घुम्न गएका अर्का एक युवाको पनि डुबेर ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च