धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धनगढी । बैतडीमा एक युवकको हत्या गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो।

बैतडी प्रहरीका अनुसार शनिवार राति ८ बजे उनी हत्या गरिएको अवस्थामा फेला परेका थिए। जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको हो। उनका हत्यारा फरार भएका छन्। घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च