लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ गते विश्वासको मत लिने, सरकार ढल्ने सम्भावना

दाङ्ग, ४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी वैशाख ११ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेका नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनमत पार्टी, जसपा लगायतका दलले समर्थन फिर्ता लिएपछि गिरिले विश्वासको मत लिन लागेका हुन्। पाचँदलीय गठबन्धनसँग बढी मत भएका कारण गिरी नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ ।

गत मंसिरमा भएको प्रदेश सभाको चुनावपछि पुस २७ गते गिरि लुम्बिनीको मुख्यमन्त्री बनेका थिए। उनलाई फागुन ५ गते पहिलो पटक विश्वासको मत लिँदा कांग्रेस र राष्ट्रिय जनमोर्चा बाहेकका दलले समर्थन गरेका थिए।

केन्द्रमा गठबन्धनको समिकरण परिवर्तन हुँदा लुम्बिनी प्रदेशमा पनि सत्ताको खेल सुरु भएको थियो। चैत्र १२ गते माओवादी केन्द्र लगायतका ६ दलले गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।  वैशाख १२ गतेसम्म मुख्यमन्त्री लिला गिरिले विश्वासको मत लिइसक्नुपर्ने भएकाले ११ गते मत लिन थालेका हुन ।

लुम्बिनी प्रदेश सभामा एमाले संसदीय दलका उपनेता तथा प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री गिरीले ८ गते प्रदेश सभालाई जानकारी गराएर ११ गते विश्वासको मत लिने तयारी गरेको बताए। संविधानको धारा १६८ को उपधार २ अनुसारको बहुमतको सरकार बन्ने कि उपधारा ३ अनुसार ठूलो दलको सरकार बन्ने भन्नेमा भने मतान्तर देखिएको छ। कांग्रेस माओवादी लगायतका दलले उपधार २ अनुसारकै दुई भन्दा बढि दलको सरकार बन्ने बताएका छन्।

राप्रपाको समर्थन हुदाँ अहिले एमालेसँग ३३ सांसद देखिन्छन्। अन्य पाचँदलीय गठबन्धनका ५३ सांसदले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन गरिसकेका छन्। गिरीलाई विश्वासको मत पाउन ४४ सांसद आवश्यक पर्छ। अहिलेको अवस्थमा गिरिले विश्वासको मत नपाउने अवस्था छ। विश्वासको मत पाउँने सम्भावना कम भएकाले गिरी सरकार ढल्ने अवस्थामा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च