निरा पाण्डेको हत्याराई सार्वजनिक गर्न संसद देखि सड्कबाट माग

अर्घाखाँची, । कपनको सरस्वतीनगरस्थित ‘निरु किचन’की सञ्चालक निरु पाण्डे आचार्यको हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै व्यवसायीहरूले प्रदर्शन गरेका छन् । चार दिन वितिसक्दा पनि आरोपी पक्राउ गर्न नसकेको भन्दै बौद्धका व्यवसायीहरुले सोमबार कपनमा प्रदर्शन गरेका हुन् ।
नीहरूले प्रहरीविरुद्ध नारा लगाएका थिए । ‘व्यापारीलाई सुरक्षा दे, गुण्डागर्दी अन्त्य गर’, ‘हत्यारालाई सार्वजनिक गर’, ‘सरकार किन मौन छ, हाम्रो सुरक्षा कहाँ छ ?’ जस्ता नारा उनीहरूले लगाएका थिए ।

बिहीबार अपराह्न पाण्डेको छुरा प्रहार गरेर पसलभित्रै हत्या भएको थियो । उनको शरीरमा कम्तिमा १५/२० पटक छुरा प्रहार गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

प्रहरीले हालसम्म अनुसन्धानमा भइरहेको प्रगति सार्वजनिक नगरेको भन्दै व्यवसायीले आक्रोश व्यक्त गरेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की चाहिँ प्रहरीले प्राविधिक र म्यानुअल दुवै तरिकाले अनुसन्धान गरिरहेको बताउँछन् ।

संसदमा प्रतिनिधी सभा सदस्य गगनकुमार थापा र विजुला रायमाझीले हत्यारा पत्ता लगाउँन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च