माथागढीको कसेनीमा क्षमता अभिवृद्वि सम्बन्धी ५ दिने तालिम सम्पन्न

तानसेन । माथागढी गाउँपालिका वडा न ३ कसेनीको आयोजनामा लक्षित वर्ग मागमा आधारित क्षमता अभिवृद्वि सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ ।
लक्षित वर्ग मागमा आधारित कार्यक्रम अन्तर्गत वार्षिक निति तथा कार्यक्रमै समावेश गरेर तालिमको आयोजना गरीएको वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
वडा भित्रका विभिन्न समुदायका महिला तथा पुरुषको क्षमता वृद्धि आफु सगँ भएको ज्ञान र शिपलाई प्रयोग गरेर,वडाका विभिन्न योजनाहरु सञ्चालन,वडामा आउने बजेट परिचालन गर्न योजना छनोट देखि फरफारक गर्न सहज होस तथा आफ्नो भावना र विचार व्यक्त गर्न कुनैपनि कार्यक्रमलाई सन्चालन गर्नका लागि सहयोग पुग्ने अपेक्षा सहित तालिमको आयोजना गरीएको वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले बताउनु भयो ।
अध्यक्ष घर्तीले क्षमता विकासलाई लागि निरन्तरको अभ्यासको आवश्यकता हुने भएकाले अभ्यास गर्नुपर्ने बताउदै नेतृत्वका लागि इच्छा शक्ति भएमा मात्र सफल हुने बताउनु भयो ।
५ दिने क्षमता अभिवृद्वि तालिमले सहभागीहरुको अवस्थालाई परिर्वतन गर्ने विश्वास व्यक्त गदै नेतृत्व अब समुदाय सम्म पुग्ने र तालिमले आफु भित्रको क्षमता बाहिर ल्याउन सहयोग पुगेको अध्यक्ष घर्तीको भनाई थियो ।

तालिम समापन कार्यक्रमा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले सार्वजनिक कार्यक्रममा आफ्ना विचार राख्न सक्ने र सामाजिक विषयबस्तु उठाउन नसक्ने,कुनैपनि कार्यक्रमलाई औपचारिक तथा अनौपचारीक तरिकाले सन्चालन गर्न नसक्नेहरुलाई तालिमले सहयोग पुयाएको बताउनु भयो ।
अध्यक्ष चिदीले अब सबैले एक एक क्षेत्र नेतृत्व लिन सक्ने हुनुपर्ने बताउदै नेतृत्व विकासका लागि क्षमता वृद्वि हुनुपर्ने बताउनु भयो ।

विगतमा राज्य र समाजबाट नै महिलालाई पछाडी पारिएको तर अहिलेको सविधानले महिलाहरुलाई थुप्रै अधिकार दिएकोले अहिले समाज धेरै परिर्वतनशिल भएको विगतमा जस्तो चुलोचौकोमै सिमित हुनु पर्ने अवस्था अहिले नभएको उहाँको भनाई छ ।
प्रमाण—पत्र लिनु भनेको नेतृत्व लिनु नै भएको बताउदै घर गोठको कामले समय व्यवस्थापन गर्न नसक्दा महिलाहरु क्षमता हुदा हुदै पनि पछि परेको हुनाले अब समुदायको रुपान्तरणका लागि महिला जागृत हुनुपर्ने बताउनु भयो । अध्यक्ष चिदीले भन्नुभयो,‘नेतृत्व र क्षमता जिवनमा अपरिहार्य छ,यसलाई निरन्तरता दिनआग्रह गर्दछु ।
तालिमले सहभागीहरुलाई ढुक्क भएर अगाडी बोल्न सक्ने,गरी क्षमतामा वृद्वि भएको बताउदै तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न समेत प्रमुख अतिथि चिदीले आग्रह गर्नुभयो ।

वडा नं ३ कसेनीका ५६ जना सहभागी रहेको तालिम वडा कार्यालयको सभाहलमा ५ दिनसम्म सञ्चालन भएको थियो । तालिममा पत्रकार दिपक भट्टराई र सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यक्रम अधिकृत शिव शंकर न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष,जिल्ला समन्व्य समिति सदस्य,कार्यपालिका सदस्य,वडा सदस्यहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रम वडा अध्यक्ष जेत बहादुर घर्ती मगरको अध्यक्षता,गाउँपालिका अध्यक्ष यम बहादुर चिदीको प्रमुख आतिथ्यता तथा चिन्तना चिदीको सञ्चालनमा सम्पन्न भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च